स्वच्छ, सभ्य र समृद्धः
हाम्रो रुवी भ्याली, राम्रो रुवी भ्याली

header AD
संक्षिप्त विवरण

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारतसम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमती अञ्चलमा अवस्थित छ । साविकको तिप्लिङ गा.वि.स, सेर्तुङ गा.वि.स र लापा गा.वि.स को नामलाई कायम गरी यो गाउँपालिकाको नामाकरण रुवी भ्याली गाउँपालिका गरिएको छ कारण विश्वमानै दुर्लव बहुमुल्य खनिज रुवी यस पालिकामा प्रशस्त मात्रामा पाउन सकिन्छ । विश्वको निश्चित ठाँउमा रुवी पाउन सकिन्छ तर गुणस्तरमा हेर्ने हो भने धादिङ जिल्लाको यस पालिकामा पाइने रुवी विश्वमानै नम्बर एकमा पर्ने भएकोले नै यस पालिकाको नाम रुवी भ्याली गाउँपालिका नामकरण गरिएको हो। हाल रुवी भ्याली गाउँपालिकालाई राजनितिक तथा प्रशासनिक तवरले ६ वटा वडामा विभाजन गरिएको छ ।

भू-आकृतिमा झन्डै गोलाकार आकारमा रहेको रुवी भ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । रुवी भ्याली गाउँपालिका अन्तर्गत धादिङ जिल्लाकै सबैभन्दा उत्तरी भागमा रहेको वडा नं.१ स्थित लिङ्चो गाउँ, रसुवा जिल्लाको सिमानामा रहेको प्राकृतिक रुपमा सौन्दर्य सोम्दाङ वस्ती, सिङ्ला क्षेत्र, मचेत खर्क लगायातका मनोरम दश्यालोकन सहितका स्थानहरु साथै राष्ट्रिय पंछी डाफेँ, राष्ट्रिय फुल लालिगुराँस, अमुल्य जडिबुटी, खनिज पदार्थहरुको खानी जस्ता थुप्रै विशेषताहरुबाट भरिपूर्ण रुपमा परिचित छ ।

पाविल हिमाल, गणेश हिमालको काखमा रहेको यो गाउँपालिकाको मनोरंजन हिमदृश्य ,हिमालय पर्बतबाट उत्पति भई यस गाउँपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने  आंखु को सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातो पानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाक पोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेश कुण्ड, मेल्बु दरबार, बुद्ध पार्क, फेन्चेत गुम्बा, खटेन गुम्बा, दुङसेल झरना, क्रुस डाँडा, रोगर्चो गुफा, पाल्दोर ईत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजन रूपी संगमस्थलको रुपमा पनि परिचित छ। रुवी भ्याली गाउँपालिकाले विषादीरहित अर्गानिक उत्पादनहरु, आलू, सिमी, कोदो, मकै, जौं, गहुँ, करू ईत्यादी रहेका छन् ।

 

प्रशासनिक बिभाजनः-

प्रदेशः- बागमती प्रदेश

जिल्लाः- धादिङ

जिल्ला सदरमुकामः- धादिङबेशी

गाउँपालिका केन्द्रः- रुवी भ्याली गा.पा.-०३, सेर्तुङ, धादिङ

जम्मा वडाः ०६

भाषा तथा धर्म संस्कृतिः-

बोलिने मुख्य भाषाहरुः- तामाङ, नेपाली, नेवार आदि।

मुख्य धर्महरुः-क्रिश्चियन , बौद्ध, हिन्दु आदि।

मुख्य जातजातिहरुः-तामाङ, घले, गुरुङ, ब्राहाण, क्षेत्री, नेवार, दमाई, कामी आदि।

मुख्य चाडपर्वहरुः-ल्होसार, ख्रिष्टमस, बुद्धजयन्ति, वडादशैं, भाइटिका, तिज, होली आदि।

जात्राहरुः-ल्होसार ।

वडा विभाजन सम्बन्धी जानकारीः

नेपाल स्थानीय राजपत्र भाग ४ मिति २०७३/११/२७ अनुसार यस रुवी भ्याली गाउँपालिकाको वडा विभाजन यसप्रकार छन् ।


 



 

 

वडा विभाजन

वडा नं. सामावेश भएका साविक गाविसहरु साविक वडा नं. कैफियत
रुवी भ्याली-१ तिप्लिङ (६,७,८,९)  
रुवी भ्याली-२ तिप्लिङ (१,२,३,४,५)  
रुवी भ्याली-३ सेर्तुङ (५,६,७,८)  
रुवी भ्याली-४ सेर्तुङ (१,२,३,४,९)  
रुवी भ्याली-५ लापा (१,२,३,४,५,६)  
रुवी भ्याली-६ लापा (७,८,९)  

 

 

पालिका जनप्रतिनिधि प्रोफाइलः-

गाउँपालिका अध्यक्ष

नामः राम सिंह तामाङ

फोन नं. ९८५१२१२१६८

गाउँपालिका उपाध्यक्ष

नामः फेलामा तामाङ

फोन नं. ९७४९४६४६७६

 

वडा अन्तर्गत पालिका प्रोफाइल

 

वडा नं. १

वडा अध्यक्ष

नाम: पम्बर तामाङ 

फोन नं.: ९८६९३७१००५

वडा सदस्य

नाम: विनीलामा

फोन नं.:९८६२७९०४६८

वडा सदस्य

नाम:  काले थापा तामाङ

फोन नं.: ९८६२८३४६८५

वडा महिला सदस्य

नाम: डरानी घले

फोन नं.: ९८४०३१२११३

वडा महिला दलित सदस्य

नाम: रसमाया कामी

फोन नं.: ९७४६४३६६२७

का.पा.स.

नामः हिमाल घले

फोन नं.: ९८६२११६१६१

 

वडा नं. २

वडा अध्यक्ष

नाम: रुपा घले

फोन नं.: ९८४३६२५६८३

वडा सदस्य

नाम: योहन थापा तामाङ

फोन नं.:९८६३६४७०९२

वडा सदस्य

नाम:  काले घले

फोन नं.:९८६३३८६०१८

वडा महिला सदस्य/का.पा.स.

नाम: धान माया तामाङ

फोन नं.: ९८४०३३०८६३

वडा महिला दलित सदस्य/का.पा.स.

नाम: सार्किनी कामी

फोन नं.: ९७४९४२६७४६

का.पा.स.

नामः आइत घले

फोन नं.: ९८५१०१३२२४

 

वडा नं. ३

वडा अध्यक्ष

नाम: फेदोर्जे तामाङ

फोन नं.: ९८४९७८७३१३

वडा सदस्य

नाम: तसिंह तामाङ

फोन नं.: ९८६२७४८०८७

वडा सदस्य

नाम:  विनोद तामाङ

फोन नं.: ९८४३०४४६२६

वडा महिला सदस्य/का.पा.स.

नाम: प्रीति तामाङ

फोन नं.: ९८६२५८५१५८

वडा महिला दलित सदस्य

नाम: वल माया कामी

फोन नं.: ९८४७६९८६३७

 

वडा नं. ४

वडा अध्यक्ष

नाम: प्रशान्त तामाङ

फोन नं.: ९८६०६४९०९९

वडा सदस्य

नाम: सार्कीरोङ तामाङ

फोन नं.: ९८६०५३७२१६

वडा सदस्य

नाम:  कोस्या तामाङ

फोन नं.: ९८४०८२८३३१

वडा महिला सदस्य

नाम: सुस्मिता गुरुङ

फोन नं.: ९८५३८३४६४९

वडा महिला दलित सदस्य

नाम: देवी वि.क.

फोन नं.: ९८४४११०४२४

 

वडा नं. ५

वडा अध्यक्ष

नाम: रम्बा तामाङ

फोन नं.: ९८६०५७१४११

वडा सदस्य

नाम: रिल बहादुर तामाङ

फोन नं.: ९८४३३३४७०८

वडा सदस्य

नाम: दर्ज्यूङ तामाङ

फोन नं.: ९८५११९३६२५

वडा महिला सदस्य/का.पा.स.

नाम: धन माया तामाङ

फोन नं.: ९८६१५१२७२०

वडा महिला दलित सदस्य

नाम: आशा दुधराज

फोन नं.: ९८६९१०५९३९

 

वडा नं. ६

वडा अध्यक्ष

नाम: समीर गुरुङ

फोन नं.: ९८४३८३८४४८

वडा सदस्य

नाम:  मिन गुरुङ

फोन नं.: ९८६४६५९३७०

वडा सदस्य

नाम:  कुल बहादुर गुरुङ

फोन नं.: ९८६५५३८६७९

वडा महिला सदस्य

नाम: रजमाया गुरुङ

फोन नं.: ९८४९२८७७०७

वडा महिला दलित सदस्य

नाम: मंगली कामी

फोन नं.: ९८४३७०९६१४

 

भौगोलिक विशेषताः-

  देशान्तर: 84.50 – 85.20

  अक्षांश : 27.55 -28.33

 

उचाईः-

    ५००-४४०० मिटर

कुल क्षेत्रफलः

    ४०१.८५ वर्ग किलोमिटर

कुल जनसंख्याः१०७८१

पुरुषः ५३५९

महिलाः ५४२२

आधारभूत जानकारी
Bagmati
Dhading
गाउँपालिका
401.85 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 10781
Male 5352
Female 5422
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2074-04-03
Website https://rubivalleymun.gov.np/
Map coordinates not available